• Charity Registered No.1178435
  • info@chhetrisamajuk.org
  • +44 7886793460

क्षेत्री समाज यूकेको अध्यक्षमा श्रद्धा थापा


लण्डन क्षेत्री समाज यूकेमा श्रद्धा थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको   सन् २००७ मा स्थापित संस्थाले पहिलोपटक महिला नेतृत्व पाएको हो थापा अघिल्लो कार्यकालकी उपाध्यक्ष हुन् यसपटक नयां कार्यसमितिमा महिलाको वाहुल्यता

 

मार्च २५ तारिख आइतबार अल्डरसटस्थित एम्पाएर हलमा सम्पन्न साधारण सभाले सम्पूर्ण पद निर्विरोध निर्वाचित गरेको

 

नयाँ कार्यसमितिको अध्यक्षमा श्रद्धा थापा, उपाध्यक्षहरु टेकबहादुर घर्ती दीर्घ केसी, महासचिवमा ध्रुवबहादुर गौतम, कोषाध्यक्षमा अन्जना थापा, सहकोषाध्यक्षमा सम्झना अधिकारी क्षेत्री, सचिवमा राजु बोहोरा, मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, पब्लिक रिलेशन सेक्रेटरीमा दिलबहादुर जीसी, कल्चरल सेक्रेटरीमा हिमा क्षेत्री, वुमन कोअर्डिनेटरमा माया केसी निर्वाचित भएका छन्।

 

त्यसैगरी सदस्यहरुमा टोपबहादुर राउत (रुपेश), सरोज थापा, आनन्द थापा, अजय थापा रामबहादुर कार्की (शिव) छन्

 

अध्यक्ष निर्वाचित थापाले विगतमा रहेका अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबैप्रति आभार व्यक्त गरिन् उनले समाजमा युवा पिंढीलाई समेत आकर्षित गर्न विभिन्न योजना ल्याउने पनि बताइन्

 

महासचिव ध्रुवबहादुर गौतमले संस्थालाई नयाँ फरक शैलीमा अगाडी बढाउने बताएका छन् नयाँ पुस्तालाई आकर्षित गरेर संस्थालाई थप प्रभावकारी बनाउनुपर्ने नयाँ समितिले प्रतिवद्धता व्यक्त गरेका छन्

 

निवर्तमान अध्यक्ष यज्ञ क्षेत्रीले कोभिड लगायत विविध कारण संस्थालाई सोचेजस्तो अगाडि लैजान नसकिएको जनाउंदै आफूले सधैं सक्दो सहयोग गर्ने बताए

 

सन् २००७ मा स्थापितक्षेत्री समाज यूकेबेलायतमा बसोवास गर्ने क्षेत्रीहरुको साझा सामाजिक संस्था मानिन्छ यस संस्थाको मूल उद्देश्य सामाजिक एकता कायम गर्नु, समाजमा क्षेत्री समुदायको पहिचान, विकास उत्थानका लागि संगठित हुनुका साथै बेलायतमा रहेका विभिन्न समुदायसंग प्रगाढ अन्तर सम्बन्ध कायम गर्नु रहेको

 

क्षेत्री समाज जातीय संगठनमात्र नभई यो सामुदायिक हित पहिचान स्थापित गर्न अग्रसर  क्षेत्री समाज बेलायतले स्थापना कालदेखि नै सामाजिक क्रियाकलाप अगाडि बढाउंदै आएको विशेषगरि नेपालमा आइपर्ने आपतकालीन अवस्थामा समाजले निरन्तर सहयोग पुर्याउंदै आएको