• Charity Registered No.1178435
  • info@chhetrisamajuk.org
  • +44 7886793460

समवेदना



सम्पूर्ण क्षेत्री बन्धुहरुमा नमस्कार |

नेपालमा आज मिति २५ अप्रिल २०१५, नेपालको समय अनुसार ११.४१ बजे आयको भूकम्पले गरेको धनजनको अपुरणीय ठूलो क्षेतीको समाचारले क्षेत्री समाज बेलायतलाई मर्माहित तुल्याएको छ | यस किसिमको प्राकृतिक प्रकोबमा परी आफ्नो जीवन गुमाउनुहुने सबैमा क्षेत्री समाज बेलायत चीर शान्तिको कामना गर्दछ साथै सम्पूर्ण शोकाकुल परिवार प्रति हार्दिक समबेदना अर्पण गर्दछ | यस दुखद घडिमा आ-आफ्नो धन जन गुमाउनु हुने सबैलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन भनि प्राथना गर्दछ |

यस घडिमा पीडित परिवारलाई के कसरी सहयोग गर्न सकिन्छ र कुन कुन क्षेत्रमा सहयोग बढी आबस्यक छ भन्ने कुरामा क्षेत्री समाज बेलायत नजिकबाट विचार विमर्श गरी रहेको छ | सहयोग गर्न सक्ने क्षेत्रको निर्केवोल गरी क्षेत्री समाज तुरुन्तै सम्पूर्ण सदस्यहरुको सहयोगको लागि अनुरोधका साथ प्रस्तुत हुने छ |

धन्यबाद |

जय क्षेत्री समाज बेलायत

प्रेम बहादुर खड्का
     अध्यक्ष

Notice Board


क्षेत्री

View Details