• Charity Registered No.1178435
  • info@chhetrisamajuk.org
  • +44 7886793460

क्षेत्री समाज यूके (CSUK) को सातौं कार्यसमिति निर्वाचन सम्बन्धी अत्यन्तै जरुरी सूचना


 

क्षेत्री समाज यूके (CSUK) को सातौं राष्ट्रिय अधिबेशन आगामि सेप्टेम्बर २७, २०२० का दिन सम्पन्न हुंदैछ । सो अधिबेशनले आगामी २०२०-२२ को लागी नयां कार्यकारिणी समेत निर्वाचित गर्ने हुंदा संस्थाको बिधान २००७ (संशोधन २०१८) अनुसार सदस्यता प्राप्त योग्य र ईच्छुक महानुभावहरु तथा सम्बन्धित सबैको जानकारी तथा निर्वाचनमा सहभागीताको लागी यो सार्बजनिक सूचना प्रकाशित गरिएको छ । संस्थाको आगामी कार्य समितिमा रही काम गर्न ईच्छुक बैध सदस्यहरुले आफ्नो उम्मेदवारी मनोनयन फारम तथा निर्वाचन सम्बन्धी अन्य सम्पूर्ण जानकारी संस्थाको वेभसाईट क्षेत्री समाज यूके (CSUK) बाट तथा आयुक्त रामशरण सिमखडा (फोन नं +447950435065 ईमेलः ramsharan.simkhada@gmail.com) मा सम्पर्क गरि ईमेलबाट समेत उपलब्ध हुनेछ!

क)    निर्वाचन तालीका र कार्यक्रम:
१)    बिधानतः सदस्यता बन्ने अन्तिम मितिः सेप्टेम्बर १३- २०२० को साझ ५ बजे सम्म अनलाईन साथै          संस्थाको ठेगानामा सदस्यता फारम आई सदस्यता शुल्क भुक्तान भै सकेको हुनु पर्ने छ ।
२)    प्रथम मतदाता नामावली प्रकाशन १५ सेप्टेम्बर २०२० बिहान ११ बजे संस्थाको आधिकारीक वेबसाईट - अनलाईन मार्फत प्रकाशित गरिने छ ।
३)    मतदाता नामावली उपर दाबी बिरोध - १९ सेप्टेम्बर २०२० बिहान १० बजे सम्म ।
४)    अन्तिम मतदाता नामावली प्रकाशन १९ सेप्टेम्बर २०२० बिहना ११ बजे ।
५)    उम्मेदवारी मनोनयन पत्र दर्ता: १९ सेप्टेम्बर २०२० अपरान्ह ३ बजे सम्म ।
६)    उम्मेदवारको नामावली प्रकाशन: १९ सेप्टेम्बर २०२० अपरान्ह ६ बजे ।
७)    उम्मेदवारको नामावली उपर दाबी बिरोध: १९ सेप्टेम्बर २०२० सांझ ८ बजे सम्म !
८)    उम्मेदवारी मनोनयन फिर्ता: २० सेप्टेम्बर २०२० बिहना १० बजे सम्म ।
९)    अन्तिम उम्मेदवारी नामावली प्रकाशन : २० सेप्टेम्बर २०२० अपरान्ह २ बजे पछी ।
१०)     मतदान (बिद्युतिय वा भौतिक उपस्थितीमा बिनियम पछि प्रकाशित गरिने) : २७ सेप्टेम्बर २०२० बिहान ८ देखी अपरान्ह २ बजे सम्म ।
११)    घोषणा तथा हस्तान्तरण सभा २७ सेप्टेम्बर २०२० अपरान्ह  २ बजे (मत गणना) पश्चात !

ख)    मनोनयन
१)    उम्मेदवार बन्न चाहने ब्यक्तिले एक जना प्रस्ताबक र एक जना समर्थकको हस्ताक्षर सहित उम्मेदवारी मनोनयन फारम भर्नु पर्ने छ । फारमको साथमा उम्मेदवारको Photo ID  (पासपोर्ट वा यूके ड्राईभिङ्ग लाईसेन्स) को प्रतिलिपी र उम्मेदवार शुल्क पेश गर्नु पर्ने छ । मनोनयन दर्ता गर्न बिद्युतिय माध्यम मार्फत गर्न सकिनेछ र सो को जानकारी फोनबाट प्रमुख निर्वाचन आयुक्तसंग गर्नु पर्ने छ । निर्वाचन सिमितको सम्पर्क कार्यालय Himalayan Club, 32-34 Watford Road Wembley, HA0 3EP मा समेत रहने छ ।
२)    कुनै उम्मेदवार वा उम्मेदवारको प्रस्ताबक र समर्थक अर्को उम्मेदवारको प्रस्ताबक वा समर्थक रहन पाउने छैन । प्रस्ताबक र समर्थक मतदाता मध्येबाटै हुनु पर्ने छ ।
३)    उम्मेदवारी शुल्क समाजको बैंक खाता Sort Code: 40-08-32 Account No. 32170868 मा जम्मा गरेको प्रमाण पेश गर्नु पर्नेछ वा भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित भएर नगदै समेत बुझाउन सकिनेछ । बैंक दाखिलाको रुजु भएपछि मात्र बैध दरखास्त मानिनेछ।       
४)    उम्मेदवारी शुल्क उम्मेदवारी रद्द वा फिर्ता भएमा पनि फिर्ता गरिने छैन !

ग)    निर्वाचन हुने पद र उम्मेदवारी शुल्क (कार्यसमितिले निर्धारण गरेको) :
पद                    संख्या            शुल्क

अध्यक्ष                             २०० पाउण्ड
उपाध्यक्ष                       (१ महिला अनिबार्य)   १७५ पाउण्ड
महासचिब                        १७५ पाउण्ड
सचिब                              १५० पाउण्ड
कोषाध्यक्ष                          १२५ पाउण्ड
सह-कोषाध्यक्ष                     १०० पाउण्ड
महिला संयोजक                   १०० पाउण्ड
सांस्कृतिक सचिब                  १०० पाउण्ड
जनसम्पर्क सचिब                   १०० पाउण्ड
सदस्य                     १०          ७५ पाउण्ड

घ)    आचारसंहिता तथा अन्य नियमावली:
१)     निर्वाचन गर्नको लागी २२ डिसेम्बर २०१९ मा सम्पन्न कार्य समिति बैठकले सल्लहकार रामशरण सिमखडाको संयोजकत्बमा सल्लाहकार धन बहादुर कुंवर र सल्लाहकार धन बहादुर क्षेत्री सदस्य रहने गरी तिन सदस्यीय एक निर्वाचन समिति गठन गरेको छ । नयां सदस्यता बितरण/नबिकरण तथा अध्याबधिक लगायत सम्पूर्ण काम को लागी बिधानतः कार्यसमिति जिम्मेवार रहनेछ । सदस्यता सम्बन्धी कुनै बिबाद आएमा सम्पूर्ण रुपमा सो कार्यसमिति जवाफदेही हुनेछ!
२)     निर्वाचन सम्बन्धी कार्यतालिका बनाउने, मतदान अधिकृत तथा कर्मचारी तोक्ने, मतदानको प्रकृया तय गर्ने, मतदान केन्द्र निर्धारण गर्ने, निर्वाचनको ब्यबस्थापन गर्ने तथा संस्थाको बिधान र प्रचलित मूल्य-मान्यताको आधारमा निर्वाचन नियमावली बनाउने; परिमार्जन गर्ने तथा निर्वाचन सम्बन्धी कार्यतालिका फेरबदल गर्ने सम्पूर्ण अधिकार निर्वाचन समितिलाई रहनेछ ।
३)     निर्वाचन सम्बन्धी जुनसुकैः बिषयमा देखिएको बिबाद तथा अस्पष्टताको बारेमा निर्वाचन समितिले निर्णय गरी संयोजकले दिएको निर्णयनै अन्तिम हुनेछ ।
४)     निर्वाचनको सुपरिबेक्षण गर्नको लागी  निर्वाचन समितिले आबश्यक परेमा ३ सदस्यिय निर्वाचन पर्यबेक्षक मनोनयन गर्नेछ।
५)     कुनै समूह वा प्यानलको आधारमा चुनाब लड्न वा समूहगतरुपमा मतको आह्वान गर्न वा प्रचार प्रसार गर्न पूर्णत बन्देज गरिएको छ!
६)     उम्मेदवार अनिबार्यरुपमा निर्वाचन समितिको नियमित सम्पर्कमा रहनु पर्नेछ ।  
७)     निर्वाचन समितिले तोकेको आचारसंहिता र नियमावलीको उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिने छ ।
८)     मतदाता नामावलीमा दाबी बिरोधको लागी महासचिब कुमार केसी (फोन नं +44 78429 364988 वा ईमेल kumarkc305@hotmail.com) लाई र निर्वाचन सम्बन्धी अन्य सम्पूर्ण बिषयको लागी (उम्मेदवार नामावलीमा दाबा बिरोध वा निर्वाचन सम्बन्धी उजुरी आदीका लागी प्रमुख आयुक्त रामशरण सिमखडा फोन नं 07950435065 वा ramsharan.simkhada@gmail.com मा ईमेल पठाउनु पर्ने छ । मौखिक (फोन) वा अन्य माध्यमबाट गरेको उजुरी बैद्य हुने छैन!
ङ)    सम्पर्क तथा जानकारी:
१)    रामशरण सिमखडा, प्रमुख निर्वाचन आयुक्त  फोन नं  +44 7950435065
२)    धन बहादुर कुंवर, सदस्य फोन नं 07809675147  
३)    धन बहादुर क्षेत्री, सदस्य फोन +44 7412696214

 

Notice Board


क्षेत्री

View Details